इटहरी : इटहरी २० तरहराकी ८६ बर्षीया रुद्रमाया गुरुङले इटहरी उपमहानगरले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा एक लाख पाँच हजार सहयोग गरेका छन् ।

उपमहानगर कार्यालय पुगेर उहाँले आफ्ना श्रीमान् सहर बहादुर गुरुङको स्मृतिमा छोरा छोरीहरू नन्द किशोर गुरुङ मिना गुरुङ,निरु गुरुङ सहितको तर्फबाट एक लाख पाँच हजार रकम इटहरी उपमहानगरका प्रमुख द्वारिकालाल चौधरीलाई हस्तान्तरण गरेका हुन् ।

यसैबिच कोषमा पूर्व भूमिसुधार व्यवस्था मन्त्री रामकुमार सुब्बाले दुई लाख जम्मा गर्ने घोषणा गरेका छन् । यसै गरी किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले एक लाख,सागर फिका लक्ष्मण हुमागाईँले एक लाख,ज्योति इँटाका मिलन बस्नेतले ५१ हजार,विग हाउजिङका राजकुमार काफलेले एकाउन्न हजार सहयोगको घोषणा गरेका छन् । यस्तै व्यवसायी निर्मल रिजालले ३५ हजार बराबरको खाद्यान्न उपलब्ध गराएका छन् ।