धरान विश्वमा महामारीकोरुपमा फैलिरहेको कोभिड १९ कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि भन्दै नेपाल सरकारले चैत्र ११ गते देखि लकडाउन घोषणा गरेको छ ।

Untitled-6
छाताचौक उत्तरको मुख्य सडक खण्ड

पहिलो चरणको लकडाउन पछि फेरी अहिले दोश्रो चरणको लकडाउन चलिरहेको छ । लकडाउन घोषणा भएको १३ औं दिन पुगेको छ । विश्वमा यो समाचार तयार पारुन्जेल मृत्यू हुनेको संख्या ६७ हजार ९ सय २ जना पुगेको छ भने विश्वभरी संक्रमितको संख्या १ लाख २४ हजार ५ सय ११ पुगेको छ भने निको हुनेहरुको संख्या २ लाख ५६ हजार ४ सय ९६ रहेको छ ।

Untitled-2
पुतलीलाईन

विश्वलाइ आक्रान्त पारिरहेको कोरोना भाइरसबाट संक्रमित नेपालमा पनि ९ जना पुगिसकेको छ । ८ जना विदेशबाट आएकामा कोरोना देखिएको थियो भने एक जना स्थानिय ट्राभल हिस्ट्री नभएकोमा देखिएको भन्दै सरकारले नेपालमा कोरोना भाइरस दोश्रो चरणमा प्रवेश गरेको घोषणा गरेको छ ।

Lokdaun 1
पुतलीलाईनमा बच्चा बोकेर मुख्य सडकमा हिडदै सर्वसाधरण

दोश्रो चरण अत्यन्तै जोखिम हुुने भन्दै आईतबार देखि सरकारले एक स्थानिय निकायबाट अर्काे स्थानिय निकाय सम्म जान पनि बन्द गरेको छ । तर पनि धरानमा भने लकडाउनको खासै पालन नगरेको आईतबार साँझ देखियो ।

धरानमा लकडाउनलाई कडाई पार्ने प्रहरी र धरान उपमहानगरपालिकाले भने पनि साँझ पख धरानमा लकडाउननै नभएको अनुभव हुनेगरी सर्वसाधरण सार्वजानिक स्थलमा देखिने गरेका छन् ।

धरानमा आईतबार साँझ लकडाउनमा धेरै मानिस घर बाहिर निस्किएको भन्दै प्रहरीले १ सय २७ वटा मोटरसाईकल, स्कुटर र ३ वटा मारुती भ्यान नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

Untitled-4
छाताचौक उत्तर

लकडाउनको बेलामा आफ्नो स्वास्थ्यको ख्याल नगरी बजारमा धेरै मानिसको भिड बढ्नु कोरोनाको उच्च जोखिम भएको स्वास्थ्यकर्र्मीहरुको भनाई छ । त्यसैले यसबारेमा प्रहरी प्रशासन र स्थानिय सरकारले लकडाउनलाई कडाई गरेर कार्यन्वयनमा ल्याउनुपर्ने बिद्वतहरुको भनाई छ ।