इटहरी । सुनसरीको तरहरामा रहेको सिंहदेवि ज्वेलर्स इण्डष्टिज प्रा.लि.मा सर्वसाधारणको बचत स्वरुप राखेको १५ करोड भन्दा बढि रकम जाेखीममा परेकाे छ । सर्वसाधरणहरुले महंगो ब्याजको लोभमा ज्वेसर्लमा राखेको करोडौ रकम ज्वेलर्सका सञ्चालकले तत्काल फिर्ता दिन नसकिने भन्दै ज्वेलर्स बन्द गरे पछि सर्वसाधरणको रुवाबासी मच्चिएको छ । पैसाकै कारण धेरैजसो परीवारमा पारिवारिक कलह सुरु भएको छ ।
केहि समय अगाडी सिआईबीले पूर्वी नेपालको सुन पसलमा छापा मारे सँगै ज्वेलर्स टाट पल्टे पछि सर्वसाधरणहरुको रुवाबासी हुन पुगेको हो । ज्वेलर्समा सर्वसाधरणले राखेको करोडौ रुपैया डुब्ने खतरा भएपछि पछि सर्वसाधरणहरु तनाबमा हुन पुगेका छन । मकै पोल्ने देखि ठुला ब्यापारीको सम्म पैसा फिर्ता नपाएको भन्दै सर्वसाधरणको रुवाबासी मच्चिएको हो । सुन पसलमा राखेको पैसाले धेरैको परिवार सम्म बिचल्नी हुन पुगेको स्थानीय सोम निरौलाले वताए । आफुले एक लाख राखेको भए पनि अहिले सम्म नपाएको गुनासो गरे ।

सर्वसाधरणको पैसा भएको जायजेथा विक्रि गरेर भए पनि चाडो दिनु पर्ने निरौलाको भनाई छ । करीब ४ सय जना सर्वसाधरणहरुको पैसा सुन पसलले खाईदिएको भन्दै उक्त रकम सर्वसाधरणले पाउँनु पर्ने माग गरे । धेरैको घर परिवार विग्रीयो,सुन पसलले बर्बाद गर्यो निरौला दुखेसो मान्दै भन्छन ।स्थानीय सामाजिक अगुवा तथा पैसा उठाउँने समितिको सदस्य टिकाबहादुर बनले सर्वसाधरणले १५ करोड भन्दा बढि रकम राखेको देखियो । बैक तथा सुनपसलेहरु सम्मको देखियो । तत्कालै समितिको बैठक बसेर आफ्न्तको सम्पत्ती खोजी गर्ने तयारी भईरहेको उनले वताए । अहिले अधिकांस घर परिवारको रुवाबासी भएको कारण सबैको विचल्नी भएको उनका भनाई छ । अहिले सुन पसलेले पैसा लुकाएको हुन सक्छ भनेर हामी आफ्न्तको सम्पत्ती विवरण खोज्न थालेको छौ उनले थपे । यता ज्वेलर्सका सञ्चालक दिपक गजमेरलेले भने आफुले पलसमा राखेको पैसा जग्गा तथा अन्य क्षेत्रमा लगानि गरेको कारण समस्यामा परेको वताए ।
अहिले सबैले एकै चोटी पैसा मागेको कारण पैसा दिन सक्ने अबस्थामा नरहेको जनाए । उनले भने मरो जग्गा जमिन छ त्यो बिक्रि हन समय लाग्ने भएको कारण पैसा दिन सकेको छैन गजमेरले भने । मगंलवार पिडित पक्ष र सामाजिक अगुवाहरुले तरहरामा रहेको रुद्राक्ष पार्टी प्यालेसमा भएको भेलाले इटहरी २० का वडाअध्यक्ष मणिराम श्रेष्ठको संयोजकतत्वमा पैसा उठाउँने समिति बनेको छ । जस्को सदस्यहरुमा राजनितिक दल तथा उद्योग बाणिज्य संघ, सुन ब्यावसायी संघ समेत बसेका छन ।