काठमाडौं, ३० जेठ । गुडप्राइडे मुडमा पुगिसकेको काठमाडौं उपत्यकाको सहरी जीवन वयस्क भइसकेको छ । यो वयस्क काठमाडौंको किशोर कथा पनि अनौठो देखिन्छ । सुविधासम्पन्न क्याफे, रेस्टुरेन्ट, फिल्म हल, गेमजोनमा झुम्मिने एउटा तप्का छ । अर्को तप्का, नशा, प्रेम, सेक्स, ब्रेकअप, प्याचअपमा रमाउने पनि छ । स्वतन्त्रताको उपभोग कसैले युरोपियन संस्कृतिमा गर्न पाएको छ भने त्यो काठमाडौंका किशोरकिशोरीले गरेका छन् ।
काठमाडौंमात्र होइन कतिपय सहरका किशोरकिशोरी प्रेमलाई सेक्स र ब्रेकअप प्याचअपसँग जोडन्छन् । हेटौंडाको एक विद्यालयका विद्यार्थीको सामुहिक यौन क्रियाकलापको भिडियो बाहिरिएको होस् वा बेबीलोन डान्सबारमा कलेज बंक गरी जाने दर्जनौ जोडीको कथा । किशोरकिशोरीमा आधुनिकताका नाममा भित्रिएको कल्चरसँगै सेक्स, रोमान्सको लत बलियो हुन थालेको विभिन्न सर्वेक्षणले पनि देखाएकै गरेको छ ।

अझ प्रविधि र इन्टरनेटको सुविधा जुन गतिमा बढिरहेको छ, यो पुस्ताले जीवनका चरम आनन्दलाई त्यो भन्दा तिव्र गतिमा बढाउन थालेका छन् । कक्षा १० को परिक्षा सकेपछि आफुलाई बाहिरी दुनियाँसँग जोड्ने पुस्तामा फेसन, ड्रग, सेक्स, अफेयर, ब्रेकअप, प्याचअप सामान्य बन्न थालेका हुन् ।
यसका केही प्रतिनिधि घटना र अनुभवीहरू पनि छन् । ‘स्ल्याङ’पुस्ताको गति तिव्र रहेको स्वास्थ्य मन्त्रालयले सन् ७ वर्ष अघि नै गरेको अध्ययनले पनि देखाएको थियो ।
अभिषेक (नाम परिवर्तन) कक्षा १२ मा पढ्छन् । उनी १७ वर्षका भए । तर, उनीसँग सेक्सको अनुभव छ । एसएलसी दिँदा प्रेमिकासँग डेटमा सहवास गरेका उनी भन्छन्,‘त्यसपछि हाम्रो ब्रेकअप भयो । उसको पहिलाको ब्वाईफ्रेन्डसँग प्याचअप भएको सुन्छु ।’
अभिषेकका साथी रिदम १८ वर्षका भए । उनले त यो उमेरसम्म तीनजना गर्लफ्रेन्ड फेरिसकेका छन् । तीनै जनासँग उनको ‘सेक्स’को अनुभव छ । भन्छन्,‘यो त सामान्य भईहाल्यो नि ! नगरकोट, धुलिखेल, ककनीतिर डेटमा गयो । त्यहाँ बनेका कटेजमा मज्जाले …भ्यायो । अनि, ब्रेकअप गर्ने हो ।’
यो पुस्तालाई आफ्नो उमेर लामो भएका कारण धेरैसँग रमाइलो गर्ने मौका भएको पनि लाग्छ । रिदम भन्छन्,‘कलेजमा त एउटै कक्षामा दुईजना केटीसँग अफेयर चलाउन सकिन्छ ।’ त्यसो त केटीहरूले पनि डबल अफेयरका विषयमा खासै चासो दिने गरेका छैनन् ।
यो पुस्ताको क्रियाकलापलाई सन् २०१० र ११ मा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको एउटा अध्ययन सर्वेक्षणले पुष्टि गरेको छ ।
नेपालका किशोरकिशोरीहरूले १८ वर्षकै उमेरमा पहिलो पटक यौन सम्पर्क राख्ने गरेको एक सरकारी सर्वेक्षणको नतिजा आयो ।
मन्त्रालयका अनुसार सर्वेक्षणमा १५ वर्ष नपुग्दै ७२ प्रतिशत किशोर किशोरीले यौन सम्पर्क राख्ने गरेको फेला परेको छ । २४ प्रतिशतले ब्वाईफ्रेन्ड र गर्लफ्रेन्डबीच सहवास गरेको र ३ प्रतिशतले आफुले चिनेजानेको व्यक्तिसँग यौन सम्पर्क गर्ने गरेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।
पछिल्लो यो प्रतिवेदनमा किशोरकिशोरी डबल अफेयर रुचाउने गरेको देखाएको छ । १० देखि २४ वर्षका किशोरकिशोरीेले एकै साथ डबल अफेयर चलाईरहेको पाईएकोछ ।
अभिभावकले कम चासो दिने गरेका कारण उमेर नपुगी नै यस्ता कार्यकलापमा किशोरकिशोरीको सक्रियता बढेको अनुमान सर्वेक्षणले गरेको छ । ‘सहरमा व्यस्त अभिभावक हुने भएका कारणले नतिजा यस्तो देखिएको हो’, प्रतिवेदनमा उल्लेख छ,‘बढ्दो सहरीकरण र युरोपियन कल्चरको प्रभाव पनि देखिएको छ ।’