बोधराज सुवेदी

महुली, 
सप्तरीको महुलीमा विहीवार जल उपयोग गुरुयोजना सम्बन्धि अभिमुखीकरण तथा विस्तारिकरण गोष्ठी सम्पन्न भएको छ ।महुली सामुदायिक विकास केन्द्रको सहजिकरण तथा हेल्वेटास र इसिमोडको सह आयोजना एवं अग्नीसाइर कृष्णसवरन र तीरहुत गाउँ पालिकाको आयोजनामा सो गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकार सिंचाई विभागका उपमहानिर्देशक वासुदेव लोहोनीले मानव जीवनकोलागि अपरिहार्य रहेको जल उपयोगको विविध आयामहरुको विषयमा प्रकाश पारे । उनले जलको समुचित महत्व नबुझेको कारणले गर्दा मानव जीवनमा अनेकन समस्याहरु देखापरेको हुँदा यसको उपयोगमा ध्यान दिनु पर्ने आवश्यकता औंल्याए। एउटा सफल जल उपयोग नीतिले प्रकृतिका हरेक पक्षहरुको संतुलन मिलाउने वताउँदै लोहोनीले जलको समुचित प्रयोगले मानव जीवनमा सम्वृद्धि र सुखद परिवर्तन ल्याउन सकिने दावी गरे ।
गोष्ठीमा सप्तरी जिल्लाका साविकका चार गा.वि.स.हरु वकधुवा,जण्डोल,लोहोजरा र मैनाकडेरीमा कोशी वेसिुन परियोजना अन्तरगत यसअघि निर्माण भएको जलउपयोग गुरु योजनाको वारेमा छलफल गरिनुको साथै सो सम्वन्धि विस्तृत योजनाका कितावहरु हालका सम्बन्धित गा.पा.का अध्यक्षहरुलाई हस्तान्तरण गरियो। कार्यक्रममा नदी नियन्त्रण,सिंचाई योजना,पर्यावरण संरक्षण, खानेपानी लगायतका शीर्षकहरु समेटिएको विस्तृत योजनाहरुकोलागि आवश्यक वजेटको श्रोत पहिल्याउने काम समेत भएको छ। जस अनुसार तोकिएको शीर्षकहरुकोलागि आवश्यक वजेटको ठूलो हिस्सा गा.पा.ले ब्यहोर्ने तथा अपुग रकम केन्द्र तथा प्रदेशका विषयगत निकायहरु र दात्री संस्थाहरुवाट माग गरी योजनाको कार्यान्वयन गर्ने निर्णय भएको आयोजकले जनाएको छ । 
अग्नीसाईर कृष्णासवरन गा.पा.का अध्यक्ष पर्शुराम चौधरीको अध्यक्षतामा सम्पन्न सो गोष्ठीमा महुली सामुदनयिक विकास केन्द्रका निर्देशक प्रभुनारायण चौधरी र कार्यक्रम संयोजक लिला निरौला, इसिमोडका निलहरी न्यौपाने,हेल्विटासका मदन भट्ट लगायतले सहजिकरण गरेका थिए । कार्यक्रममा तिरहुत गा.पा.का अध्यक्ष मनोज भद्खैर,सम्वन्धित गा.पा.का कार्यकारी अधिकृत र वडा अध्यक्षहरु,जिल्लाका विभिन्न संघ संस्थाका प्रतिनिधीहरु जिल्ला,वन कार्यलय, गैसस महासंघ लगायतका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
फोटोः सप्तरीको महुलीमा आयोजित जिल्ला स्तरिय जल उपयोग गुरुयोजना सम्वन्धि गोष्ठीका सहभागिहरु ।