मोरङको लेटाङ नगरपालिकाले दुई दिन सरकारी तथा नीजि विद्यालय बिदा दिने घोषणा गरेको छ । प्रचण्ड गर्मी सुरु भएपछि विद्यालयको वातावरण नै अस्तब्यस्त भएकाले विदा दिने घोषणा गरिएको हो ,नगर प्रमुख शंकर राईले भन्नुभयो । नगरप्रमुख राईका अनुसार नगरको पहाडी क्षेत्रमा पर्ने वडा नं. १ र ७ वाहेक बाँकी वडाका सामूदायिक र नीजि विद्यालयमा बिदा दिने निर्णय भएको हो । नगरमा ९ वटा वडा छन् । सरकारी विद्यालय पूर्वाधार सम्पन्न छैनन् । निजीले ‘फेन’ सम्म लगाएपनि ‘भोल्टेज’ कम हुँदा फेन पनि राम्रो सँग घुम्दैनन् । त्यसैले अभिभावकको राय सुझाव कै आधारमा विद्यालय विदा गरिएको हो नगरप्रमुख राईको भनाई छ । आइतबार मध्याह्न लेटाङमा अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस पुगेको थियो । लेटाङ, जिल्ला कै कम गर्मी हुने नगरपालीका मा पर्छ ।