गत वर्षझै यस वर्षपनी डाँफे एजुकेशन इटहरीले नर्शिङ लाइसेन्सकालागी तयारी कक्षा सन्चालन गर्ने भएको छ । नेपाल नर्सिङ्ग काउन्सीलले गुणस्तरीय नर्सहरु उत्पादन गर्ने लक्ष्यका साथ पी. सि. एल नर्सिङ्ग अथवा बि. एस. सी नर्सिङ्ग पढिसकेका विद्यार्थीहरुलाई एउटा परीक्षा लिएर त्यसको आधारमा लाएसेन्स दिने गरेको छ । यसलाई नर्सिङ्ग लाइसेन्स भनिन्छ । नर्सिङ्ग शिक्षा पढिसकेपछि एउटा रजिष्टर्ड नर्स हुनका लागी उक्त लाइसेन्सको परीक्षा दिनुपर्ने हुन्छ । यसको लागी काठमाडौमात्र एउटा गन्तव्य भइरहेको बेला अब इटहरी मै यो सुविधा उपलब्ध भएको छ ।
पुर्वका सम्पूर्ण नर्सहरुलाई लाइसेन्स प्रकृयामा सहजता प्रदान गर्ने उद्देश्यले इटहरी विराटनगर लाइनमा स्थित डाँफे एजुकेशन फाउण्डेशनले नर्सिङ्गको लाइसेन्स परीक्षाको तयारी कक्षा गराउने भएकोछ ।

काठमाडौ जानुपर्ने बाध्यतालाई रोक्न पूर्वमा रहेका सम्पूर्ण नर्सिङ्ग क्याम्पसका विधार्थीहरुलाई सहुलियत प्रदान गर्नका लागि नेपाल नर्सिङ्ग काउन्सिले लिने लाइसेन्स परीक्षाको तयारी कक्षा इटहरीमै सञ्चालन गरेको हौं , डाँफे एजुकेशनका सञ्चालक दुर्लभ कार्कीले बताए । अब पूर्वका उत्पादित नर्सहरु लाएसेन्स परीक्षका लागि काठमाडौ जानुनपर्ने भएको छ । यसका लागि हामीले सम्पूर्ण स्रोतको तयारी गरिसकेका छौं कार्कीले बताए ।
अभिमुखिकरण कक्षाका लागि उपस्थित एलिसा श्रेष्ठ (विर्तामोड) ले भनिन् ‘हामी एकदमै खुशी छौ । पूर्वमा अहिले सम्म यस्तो तयारी कक्षा नभएकाले सम्पूर्ण विद्यार्थीहरु काठमाडौ जानुपर्ने बाध्यता थियो अब यसको अन्त्य भएको छ । डाँफे एजुकेशन लाई हार्दिक धन्यवाद दिन चाहान्छु ।’ त्यसैगरि अको प्रतिनिधीले बताइन ।
अनिशा कडरीया (विर्तामोड) का अनुसार काठमाडौ नै जानुपर्ने भएकाले कतिपय विद्यार्थीहरुले घरमै बसेर आफैं तयारी गर्नुपर्ने बाध्यता थियो अब हाम्रै ठाँउमा भएपछि सबैले तयारी कक्षा लिन पाउने भएका छन , खुशी लागेको छ । म विर्तामोडबाट आएको हो र हामीलाई होस्टेलकोपनी व्यवस्था गरिदिनु भएको छ यसका लगि सञ्चालकहरुलाई हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्न चाहान्छु ।’