झापा : प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने तथ्यलाई मध्यनजर गर्दै झापा हल्दिवारी गाउँपालीकाले गाउँपालिका क्षेत्र भित्रका प्रत्येक वडा वाट २–२ जनाका दरले १० जना विपन्न तथा अति विपन्न साथै लक्षित समुदायका एसईई उतिर्ण विद्यार्थीलाइ आवास सहितको निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्ने भएको छ ।
झापाकै कमल गाउँपालिका वडा नं. ७ मा रहेको श्री सरस्वती माद्यमीक विद्यालयमा आवास सहितको खर्च पुर्ण रुपमा हल्दिवारी गाउँपालिकाले ब्यहोर्ने गरी पशु विज्ञान विधामा १८ महिने प्राविधिक शिक्षा प्रदान गरिने गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत सन्तोष घिमिरेले वताउनु भयो । सो कार्यक्रम वापत आर्थिक वर्ष २०७५÷०७६ का लागि विनियोजन भएको बजेट मार्फत प्राविधिक शिक्षा प्रोत्साहन छात्रवृत्ती कोषबाट खर्च गर्ने गरी रु २० लाख रुपैयाँ ब्यवस्थापन गरिएको पनि अधिकृत घिमिरेले जानकारी गराउनु भयो ।
गाउँपापालिका क्षेत्रवाट छनौट भएका १० जना बिद्यार्थी मध्ये ५ जना विद्यार्थीलाइ पशु शिक्षा तर्फ र वाँकि ५ जनालाई माछा तर्फको विषयमा अध्यापन गराइने बताइएको छ । १८ महिने प्राविधिक शिक्षाका लागि आवश्यक रकम र १ सेट पोशाक खर्च बापतको रकम सोझै विद्यालयको खातामा जम्मा गरिने विद्यालय र गाउँपालिका बिच भएको सामझदारी पत्र ( ःइग् ) मा उल्लेख गरीएको छ । प्रत्येक चौमासिकमा विद्यालयको खातामै दाखिला गरिने गाउँपालिका प्रमूख रविन्द्र प्रसाद लिंदेनले जानकारी गराउनु भयो ।
हल्दिबारी गाउँपालिका क्षेत्रका हरेक बडाका २–२ जना विद्यार्थी छनौटका लागि सम्पुर्ण वडाहरुमा फारम खुल्ला गरीएको छ । फर्म संकलन भए पछि विद्यार्थिका सम्पुर्ण पक्षको अध्ययन पश्चात गाउँपालीका भरी वाट १० जना बिद्यार्थी छनौट गरीने गाउँपालिकाका उपाध्यक्ष डम्बर बहादुर गिरीले जानकारी दिनु भयो । स्थानिय निकायले गरेको प्राविधिक शिक्षामा पुर्ण छात्रबृत्ति सहितको कार्यक्रम संभवत देशकै पहिलो हुन सक्ने देखिएको छ । यसको समुचित सदुपयोग हुन सके गाउँपालिकाकै विकासमा सहयोग पुग्ने देखिएको छ ।