पथरी : मोरङको पथरी शनिश्चरे ७ जनप्रिय चौकका एक वृद्ध माथी सोमवार राति धारिलो हतियार प्रहार भएको छ ।
मंगलवार राति २ बजेको समयमा आफ्नै घरको शौचालय जाने क्रममा जनक राई माथी सोही स्थान बस्ने १७ बर्षिय सागर राई लगायतका ५–६ जनाको समुहले धारिलो हतियार प्रहार गरि घाईते बनाएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
घाईतेको हाल विराटगरको विराट नर्सीङ होममा उपचार भईरहेको र उनको शरिरको देव्रेपाटोमा विभिन्न ठाँउमा गरि १८ टाँचा लगाईको नर्सिङ होमले जनाएको छ ।
घटनामा संलग्न अन्यको नाम भने खुलेको छैन । स्थानिय समिक्षा राईको जन्मउत्सव मनाईरहेका बेला सामाजिक सञ्जाल फेसवुकमा भएको वार्तालाई लिएर घाईते राईका नाति प्रवेश राई र उनिहरुविच भएको खटपटले द्वन्दको रुप लिएको प्रहरीले बताएको छ । सोहि वेला सागर लगायतको समुहले जनक माथी धारीलो हतियार प्रहार गरेका थिए ।
घटनामा संलग्न १ जनालाई घटना स्थलवाट र अन्य ५ जनालाई विभिन्न स्थान वाट प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी प्रमुख कमल बजगाईले बताएका छन् ।