मेचीनगर : क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित ‘क्याम्ब्रिज अस्ट्रेलियन एजुकेशन फेयर’मा विद्यार्थीको उत्साहपूर्ण सहभागिताका साथ सम्पन्न भएको छ । फेयर आइतवार समापन भएको हो । शुक्रवार झापाको विर्तामोडबाट शुरु भएको फेयर शनिवार दमक र आइतवार इटहरीमा आयोजना गरिएको थियो ।
तीन दिनसम्म चलको शैक्षिक मेलामा बिर्तामोड, दमक र इटहरी गरि ६०० भन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको क्याम्ब्रिजका पूर्वाञ्चल प्रमुख निश्चल सिम्खडाले बताए ।
१५ भन्दा बढी अस्ट्रेलियन कलेज तथा युनिभर्सिटीका प्रतिनिधिको प्रत्यक्ष परामर्श सेवा सहितको मेलामा अध्ययनका लागि अस्ट्रेलिया जाने तयारीमा रहेका विद्यार्थीहरुले उपब्धिमूलक रहेको बताएका छन् । ‘कक्षा १२ उत्तीर्ण गरेका र आईईएलटीएस गरेका धेरै विद्यार्थीले मेलामा आएर अस्ट्रेलिया अध्ययन बारे परामर्श लिएका छन्’, संस्थाका संस्थापक शिशिर सिम्खडाले भने ।
शैक्षिक मेलामा क्वीन्सफोर्ड कलेज अस्ट्रेलियाका मार्केटिङ असिस्टेन्ट डल्लास भनफ, नेपाल प्रमुख प्रकाश पाण्डे, रान्सफोर्ड कलेजका बिजनेस डेभलपमेन्ट मेनेजर दिपक गुरुङ लगायतको सहभागिता रहेको थियो । अस्ट्रेलियाका सिड्नी मेट्रो कलेज, भाइव कलेज, क्वीन्सफोर्ड कलेज, एआईबीटी कलेज, ब्रिसबेन कलेज, न्यू एरा इन्स्टीच्यूट, स्काईलाइन इन्टरनेशनल कलेज, केन्टरव्यूरी कलेज, रान्सफोर्ड कलेज, क्युआइभीए कलेज, एटीआइसी कलेज, ब्राइटन कलेज लगायतका कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले परामर्श प्रदान गरेका थिए । उनीहरुले अस्ट्रेलियामा रहेका कलेज, त्यहाँ पढाई हुने विषय, लागत, वातावरण रहनसहन, खानपान लगायतका विषयमा विद्यार्थीलाई विस्तृत जानकारी गराएको क्याम्ब्रिजका पूर्वाञ्चल प्रमुख निश्चल सिम्खडाले बताए । उनका अनुसार मेलामा सहभागी विद्यार्थीहरुलाई करियर काउन्सेलिङसँगै अष्ट्रेलियन शिक्षा प्रणाली, कलेजको शुल्क, भाषिक योग्यता, भिसा प्रक्रिया लगायतका विषयमा प्रत्यक्ष जानकारी दिएको थियो ।