भेडेटार : लामो समय देखि बिबादित सर्दु जलाधार क्षेत्रको सिमान्कन गर्नको लागि धरान उप-महानगरपालिकाले वार्ड न. १७ का अध्यक्ष सुर्य प्रसाद भट्टराईको संयजकत्वमा निर्माण गरेको सर्दु जलाधार क्षेत्र सिमान्कन समितिले सट्टाभर्ना नपाएको साबिक पाचकन्या ८(ग) र ९(ख) को ३६ नम्बर हाल भेडेटार र देबिथान लाई समेत जलाधारमा सिमान्कन गरिएको बिरुद्ध आज भेडेटारमा बस्ती संरक्षण समितिको निर्माण गरेको छ। वार्ड न. ४ का निर्वाचिय सदस्य गोरसमान आले मगर को उपस्तिथितिमा स्थानिय जनताहरुको भेलाले ११ सदस्ययिय "सर्दु जलाधार क्षेत्र तथा ब्यक्तिगत घर जग्गा संरक्षण एबम सीमान्कन समिती" तयार गरेको छ। समितिको संयोजकमा प्रेम कुमार राई, सह-संयोजकमा दिल कुमार लिम्बू र सदस्यहरुमा ओम कट्टवाल, लोक बहादुर थापा, कौशल राई, चुडाराज थापा, विशाल राई, योगेन्द्र बुढाथोकी, तारा कुमार राई, र मणि कुमार तामाङ्ग रहेको छ। त्यसै गरि समितिले आफ्नो पहिलो बैठक बस्दै ७ सदस्ययिय सल्लाहकार समिती गठन गरेको छ। सल्लाहकारमा हरि बहादुर लिम्बू, भुवन सुब्बा(रमेश), गणेश बहादुर लिम्बू, जित बहादुर राई, कुमार श्रेष्ठ, दिपक कुमार लिम्बू, र रमेश श्रेष्ठ मनोनित गरिएको छ। आज तयार भएको समितिले तुरुन्त उप-महानगरपालिका र उप-महानगरपालिकाले तयार गरेको समिती सङ्ग सहकार्य गरि सिमान्कनमा सहयोग गर्दै बस्तिको संरक्षण गर्ने निर्णय गरेको जानकारी संयोजक प्रेम कुमार राई ले जानकारी गराउनु भयो।