इटहरी : सुनसरीको रामधुनी नगरपालिका क्षेत्रलाई केन्द्र वनाएर सामाजिक गतिविधिमा सक्रिय रहदै आएको ३ वटा लायन्स क्लवको संयुक्तरुपमा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । लान्यस क्लब अफ रामधुनी, लान्यस क्लब अफ कोशी रिभर र लान्यस क्लब अफ ग्रिनसिटीले संयुक्तरुपमा पदस्थापना कार्यक्रम गरेका हुन । लायन्स क्लव अफ इन्टरनेशनल अफिसर डिष्ट्रिक गर्भनर अनन्दप्रसाद भेटवालको प्रमुख आतिथ्यतामा सम्पन्न पदस्थापना कार्यक्रममा वर्ष २०१८/१९ का लागि तीन वटै क्लबका अध्यक्षहरुलाई कार्यभार हस्तान्तरण गरिएको थियो । वर्ष २०१७/१८ का लायन्स क्लब अफ रामधुनीका अध्यक्ष हर्सलाल चौधरीले २०१८/१९का अध्यक्ष दुर्गाप्रसाद फुयाललाई पदभार हस्तान्तरण गरेका थिए । त्यसैगरी वर्ष २०१७/१८ का लायन्स क्लव अफ रामधुनी सिटीका अध्यक्ष डिल्ली कार्कीले २०१८/१९का अध्यक्ष डेगेन्द्र फुयाललाई र वर्ष २०१७/१८ का लायन्स क्लव अफ कोशी रिभरका अध्यक्ष कुमार श्रेष्ठले २०१८/१९का अध्यक्ष दयाराम रेग्मीलाई पदभार हस्तान्तरण गरेका हुन । सोही कार्यक्रमका अवसरमा पत्रकारिताका क्षेत्रबाट सामाजिक विकासमा योगदान गरेको भन्दै एभिन्युज खवरका इटहरी ब्युरो संवाददाता कृष्ण भट्टराई लगायतका तीन जना सञ्चारकर्मीहरुलाई सम्मान गरिएको थियो । पत्रकार भट्टराईसँगै मर्निङ टाइम्स दैनिकका धिरेन्द्र चौधरी र रामधुनी एफ.एम.का सुनिल चौधरीलाई सम्मान गरिएको थियो ।
सम्मानित सञ्चारकर्मीहरुलाई प्रमुख अतिथि भेटवालले सम्मानपत्र र नगद प्रदान गरेका थिए ।