इटहरी  : नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितारिका तीज धुमधामका साथ पुर्वी नेपालमा पनि मनाइएको छ । पुर्वका विभिन्न ठाउँका महिलाहरुले विहानैदेखि शिवालयहरुमा पुगेर पुजाअर्चना गरी सांस्कृतिक उल्लासका साथ मनाइरहेका छन ।
सुनसरीको इटहरीमा रहेको राधाकृष्ण शिव मन्दिरमा विहानदेखि पुर्जाअर्चनाका लागि महिलाहरुको भिड लागेको थियो । शिवालयहरुमा पुगेर श्रीमानको दिर्घायुको कामना गर्दै पुर्जाअर्चना गरेर वत्र वसेका महिलाहरु उल्साहका साथ नाचगानमा पनि व्यस्त भए । शिवालयहरुमा पुजा गर्ने महिलाहरुका साथै ठाँउमा स्टेज कार्यक्रम गरी तिज सांस्कृतिक कार्यक्रमहरु समेत गरिएका छन । इटहरी लेडिज जेसिजले इटहरी चौकमा तीज साँस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा महिलाहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
लेडि जेसिजले आयोजना गरेको तीज साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथि प्रदेश नम्वर १ की उपसभामुख सरस्वती पोखरेलले आफनो स्वास्थ्यलाई ख्याल गर्दै व्रत वस्न महिलाहरुलाई आग्रह गरिन् । त्यसैगरी सुनसरीका इटहरी, सदरमुकाम इनरुवा, झुम्का लगायतका ठाउँहरुमा पनि तीज सास्कृतिक कार्यक्रम गरी मनाइएको थियो ।
पावर्तले भगवान शिवलाई पति पाउ भन्दै कठोर ब्रत बसेर महादेव बर पाएको विश्वासका साथ हिन्दु महिलाहरुले पतिको दिर्घायुको कामना गर्दै ब्रत वस्ने परम्परा रहेको छ । त्यसैगरी अविवाहित युवतिहरुले सुयोग्य बर पाउ भन्ने कामनासहित ब्रत वस्ने गरेका छन ।