इटहरी : ५४ औ अन्तराष्ट्रिय बालदिवसको अवसरमा इटहरीको आपगाछीमा रहेको श्री राष्ट्रिय उच्च मावि इटहरीले नया भवनको उद्घाटन तथा पुरस्कार बितरण कार्यक्रम गरेको छ ।
प्रदेश १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेले भवनको उदघाटन गर्दै विद्यालय प्रदेशकै नमुना बिद्यालय भएको बताए । मन्त्री घिमिरेले सामुदायिक बिद्यालयको भौतिक संरचनादेखि पठनपाठनको पनि स्तरोन्नति भएकोले उकत विद्यालय नमुना हुन लायक भएको बताएका हुन् । बिद्यालयले जिल्ला शिक्षा कार्यलयको सहयोगमा ४९ लाख १८ हजार २ सय ६५ बराबर लागतमा चार कोठे भवन निर्माण गरकेो छ । साथै, बिभिन्न प्रयोजनको लागि भवन शिल्यानाशसमेत गरेको छ ।
यसैशैक्षिक सत्रमा पनि बिद्यार्थीको चाप बढेको र बिद्यालयको क्षमताभन्दा बढि बिद्यार्थी भएका कारण धेरै अभिभावकलाई फर्काउन बाध्य भएको प्रधानाध्यापक सरन कुमार बस्नेतले बताए । बिद्यालयलाई अझ प्राबिधिक युक्त बनाउनका साथै पठनपाठनको गुणस्तरलाई समेत बिस्तार गरिने बताएका छन् । हाल सम्म एसइइमा उत्कृष्ट नतिजा ल्याउने ३ जना अन्तिम राई, सागर खतिवडा र राज बिसीलाई पुरस्कृत समेत गरिएको थियो ।