इटहरी । चाँडपर्व नजिकिदै गर्दा इटहरीका व्यवसायीहरुमा पछिल्लो समय शान्ति,
सुरक्षाको चुनौति बढ्दै गएको भन्दै उद्ययोग वाणिज्य संघ इटहरीले इलाका
प्रहरी कार्यालयसंग शान्ति, सुरक्षा बिषय अन्र्तक्रिया कार्यक्रम गरेको छ ।
चाडपर्व नजिकिदै जादाँ व्यवसायीक क्षेत्रमा चोरी, डकैत हुन सक्ने भन्दै
उद्ययोगवाणीज्यसंघले कार्यक्रम आयोजना गरेको हो । बिभिन्न समयमा चोरि,
ठगि जस्ता घटना हुने गरेकोमा प्रहरीले चाहादा मात्र अनुसन्धान गर्ने गरेको
व्यवसायीहरुको हितमा काम गर्न नसकेका लगायतका समस्याहरु व्यवसायीहरुले बताएका
छन् ।
इटहरी आसपासका क्षेत्रमा सडक बालबालीहरुको संख्या बढ्दै गएकोमा व्यवसायीहरु
चिन्तित बनेकाछन् भने यसलाई बेलामा सबै मिलेर नियन्त्रण गर्न नसकेको खण्डमा
ठुलो घटना हुन सक्ने सुरक्षा चुनौति बढ्दै गएकोमा प्रहरी प्रशासनको
ध्यानकर्षण भएको इलाका प्रहरी प्रमुख शिव श्रेष्ठले बताए । नजिकिदै गरेको
चाडपर्व लगायत अन्य कुरालाई ध्यानमा राखेर प्रहरीले शान्ति सुरक्षा बढाउने
बताएको छ । कार्यक्रममा उद्ययोग वाणिज्य संघ इटहरीका अध्यक्ष लिलम बस्नेतको
अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष शैलेस विष्ट, दिवस
पोख्रेल, गायत्री भण्डारी, कमल पौडेल लगायतका व्यवसायीहरुले व्यवसायीक
सुरक्षाका बिषयमा आ आफ्ना धारणा राखेका थिए ।