झापा  : झापाको मेचिनगर नगरपालिका १२ स्थित जनसुधार समाज एबं पुष्पान्जली किर्तन मण्डलीले बार्षिक साधारणसभा एवं सातौं अधिबेसन सम्पन्न गरेको छ ।
संस्थाकी कार्यबाहक अध्यक्ष कर्णमाया लिम्बुको सभापतित्व भएको साधारणसभामा प्रमुख अतिथी वडाअध्यक्ष नगेन्द्र धिमाल रहेका थिए । सभामा विशिष्ट अतिथि प्रधानाध्यापक सुक्रराज घिमिरे, मनकामना क्याम्पस प्रमुख प्रेम भट्टराई, सरस्वती बाल कल्याणका
ब्यबस्थापन समिति अध्यक्ष सुर्य सापकोटा रहेका थिए । कार्यक्रममा संस्थाको परिचय कोषाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले गरेका थिए ।
संस्थाको सदस्य अमित खम्बुले स्वागत गरेको कार्यक्रममा अतिथि प्रेम भट्टराइले सबैलाई सामाजिक बिकृती सम्बन्धी सचेत बन्न आग्रह गरेका थिए । अतिथि न्यौपाने, प्रअ घिमिरे, भट्टराईलगायतले मन्तव्य व्यक्त गर्दै संस्थाको
प्रशंसा गरेका थिए । प्रमुख अतिथि वडाध्यक्ष धिमालले आफुले सक्दो सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा संस्थाका सदस्य दिपक बराइलीलाई सम्मान गरिएको थियो । उक्त सभाबाट अमीत राई खम्बु अध्यक्ष, राम पौडेल र सीता संग्रौला उपाध्यक्षमा चुनिएका छन् । सचिबमा हरिकृष्ण भण्डारी, सहसचिब सुस्मिता प्रसाई र कोषाध्यक्षमा लक्ष्मी प्रसाद मिश्रसहित १३ सदस्यीय समिति गठन भएको छ ।