पथरीशनिश्चरे : आर्थिक अभावको कारण वृद्धवृद्धाहरुलाई लक्षित गरी निर्माण शुरु भएको भवन पुरा हुन सकेको छैन । पथरीशनिश्चरे ३ मा करिब ४ वर्ष अघिबाट निर्माण थालिएको जेष्ठ नागरिक विश्रामस्थल रकम अभावले समस्यामा परेको छ ।
स्थानीयबासी आर्थिक अभावको कारण निर्माण कार्य पुरा हुन नसकेको बताउँछन् । चन्दा संकलनबाट निर्माण थालिएको सो भवन अहिले निर्माण क्रममै रहेको छ । स्थानियवासीले ४ वर्ष अघि २ लाख रुपयाँ चन्दा संकलन गरेर भवन निर्माण थालेको हो । स्थानीय लोकनाथ कोइरालाको स्मृतिमा उनकी श्रीमती देवका कोइरालाले १ कट्ठा जग्गा दान गरेका पछि भवन निर्माण थालिएको थियो ।

भवन निर्माणको लाग तत्कालीन जिल्ला विकास समिति मोरङ्गले १ लाख ५० हजार र तत्कालीन संसद चण्डिप्रसाद राईले संसद विकास कोषबाट १ लाख ४० हजार रुपयाँ सहयोग गरेका थिए । तर, उक्त सहयोग भवन निर्माणको लागि पर्याप्त थिएन । निर्माण समितिका संस्थापक अध्यक्ष देविभक्त पोख्रेलका अनुसार चन्दा र सहयोगबाटै भवन निर्माण थालिएको थियो । चन्दा संकलन गरेर सुरु गरिएको भवन आर्थिक अभावकै कारण रोकिएको निर्माण समितिका अध्यक्ष वावुराम दहाल वताउछन् । नगरपालिका लगायत अन्यका क्षेत्रवाट आउने आर्थिक सहयोगले पनि भवन निर्माण पुरा नभएको उनले बताए । स्थानियबासीसँग पनि सकेको चन्दा संकलन गरेपनि भवन पुरा भएको छैन ।
वृद्धवृद्धालाई खाली भएको समयमा गफ गाफ गर्न,आफ्ना कुरा साटासाट गर्न र वृद्धाहरुलाई विश्राम गर्न यो भवन निर्माण गरिएका स्थानिय उमाकान्त खतिवडाले बताए । वृद्धाहरुकै लगानीमा विश्रामस्थल वनाउन थालिएको स्थानिय कृष्ण प्रसाद अधिकारी वताउछन । आर्थिक अभाव भएपछि भवन निर्माण पुरा नभएको र भवन निर्माणका लागी सहयोग जुटाउन पहल थाल्नु पर्ने अधिकारीले वताए । स्थानीय पर्शुराम दाहाल कुनै वेला गाँउकै वृद्धाहरुलाई हेरचाह गर्न पनि सजिलो होस भनेर वृद्धा विश्रामस्थल निर्माण थालिएको वताए । वृद्धवृद्धाको हकहितका लागी पनि भवन निर्माण पुरा गराउनु पर्ने र भवन निर्माणका लागी रकम सहयोगको अपेक्षा गरेको स्थानीय युवा हेमन्त ओझाले बताए । स्थानिय वासीले वृद्धवृद्धाका लागी निर्माण गरिएको भवन आर्थिक अभावकै कारण रोकिदा वृद्धवृद्धालाई आफ्ना अनुभव साटने थलोको पनि अभाव भएको छ । समयमै भवन निर्माण गरेर समाजमा वृद्धावृद्धको सम्मान गर्ने हो कि ?