इटहरी : तराई मधेशका भुमिपुत्र मानिने थारु जातिको महान् पर्व जितिया तराईका विभिन्न जिल्लाहरुमा धुमधामका साथ मनाइएको छ । सुनसरीको इटहरी, झुम्का, खनार, दुहबीलगायत स्थानहरुमा पनि जितिया पर्वमा विविध कार्यक्रम आयोजना गरिएको छ ।इटहरीमा थारु महिला सभाले जितिया महोत्सव आयोजना गरेको थियो । कार्यक्रममा नेपाली काग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले वर्तमान सरकारले तराईवासीले मनाउने चाडपर्वहरुमा दिदै आएको सार्वजनिक विदा कटौती गरेको आरोप लगाए । उनले थारु तथा अन्य समुदायका मानिसहरुले मनाउदै आएको जितियाको विदा समेत वर्तमान सरकारले कटौती गरेको वताए ।

 

काग्रेस नेता गच्छदारले देउवा सरकारको पालामा जितिया लगायतका विभिन्न जातजातिका मानिसहरुले मनाउने चाडपर्वमा दिदै आएको विदा वर्तमान सरकारले पुर्वाग्रही भएर कटौती गरेको बताए । पुर्व उपप्रधानमन्त्रीसमेत रहेका गच्छादरले थारु समुदायका महिलाहरुको महान पर्वमा विदा दिन प्रदेसनम्वर १ सरकारसँग माग समेत राखे । टिकापुर घटनामा सरकारले पुर्वाग्राही भएर थारु नेताहरुलाई मुद्दा चलाई रहेको भन्दै नेता गच्छदारले रोष प्रकट गरे ।

अन्य बक्ताहरुले समेत राज्य थारुहरुसँग पुर्वाग्राही भएको आरोप लगाउदै जितिया पर्व समेत आन्दोलनका रुपमा मनाइ रहेको वताए । कार्यक्रममा थारु महिला सभाकी केन्द्रीय सचिव सुशिला चौधरी, प्रतिनिधिसभा सदस्य सिताराम मेहता, प्रदेस सभा सदस्य नवोदिता चौधरी, प्रदिप चौधरी, धिरेन्द्र चौधरी लगायतले बोलेका थिए । सुशिला लेखीको अध्यक्षतामा भएको कार्यक्रममा थारु जातियाका पहिचान झल्कने सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।