इटहरी : २८ औं अन्तराष्ट्रिय जेष्ठ नागारिक दिवसको अवसर पारेर पुर्वाञ्चल अपांग र असाहाय वृद्ध सेवा केन्द्र इटहरीले एक कार्यक्रम आयोजना गरी जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।केन्द्रले ज्येष्ठ नागरिक दिवसको अवसर पारेर ७५ वर्ष देखि ९९ वर्षसम्मका १२ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।

राष्ट्रिय अपांग महासंघ प्रदेश नम्वर १ उपाध्यक्ष दिपकला राईको प्रमुख आथित्यतामा भएको कार्यक्रममा ९९ वर्षीय भवनाथ बराल, धमकुमारी बराल, चन्द्रकला पोखरेल, रुपा थापा क्षेत्री, लक्ष्मी विश्वकर्मा, लालकुमारी राई, कैलीदेवी सरदार लगायतलाई सम्मान गरिएको थियो ।

त्यसै गरी मयुरध्वज फुयाँल, गौरा फुयाँल, मणीराज श्रेष्ठ, हर्कबहादुर गुरुंग, सपाना तामाङं ज्ञानवहादुर बिकलाई विशेष सम्मान गरिएको थियो । विशेष सम्मानित हुनेहरुलाई ९९ सय वर्षीय ज्येष्ठ नागिरक भवनाथ बराल तथा प्रमुख अतिथी राईले सम्मान गरेका थिए । केन्द्रकी अध्यक्ष तिप्ता मगरको अध्यक्षतामा भएको कार्यक्रममा काजीलाल फुयाल, तेजवहादुर मगर, निश्चल पोखरेल, ज्ञानेन्द्र गौतम लगायतले बोलेका थिए ।