पथरी : मोरङको पथरीशनिश्चरे ३ का महिला परम्परागतरुपमा नाचिने पुर्वेली नृत्य संगीनी र वालनको संरक्षणमा लागेका छन् ।
गाँउघरमा हुने धार्मिक तथा साँस्कृतिक कृयाकलापमा उनीहरु वालन र संगीनी नृत्य प्रस्तुत गर्ने गर्छन् । स्थानीय क्षेत्रमा हुने पुराणलगायतका धार्मिक कृृयाकलापमा पथरीशनिश्चरे ३ को जागरुप हरिकृतन समुह संगीनी र वालन नृत्य प्रस्तुत गर्न पुग्ने गरेको छ । हरिकृतनकी अध्यक्ष रेणुका काफ्ले भन्छिन्,‘पहिला पहिला हामीलाई स्थान दिनुहोस हामी संगीनी प्रस्तुत गर्छाै भन्दै आग्रह गर्नुपथ्र्याे, अहिले आयोजकले नै बोलाउन थालेका छन् ।’
काफ्लेका अनुसार संगीनी नृत्य लिएर झापा मोरङ र सुनसरीका धेरै ठाउँमा समुह पुगीसकेको छ । सतासीधाममा आयोजना भएको गौलोक महोत्सवमा संगीनी नृत्य संरक्षण गर्न महत्वपुर्ण योगदान गरेको भन्दै समुह सम्मानित पनि भएको थियो । महिलाहरुले संगीनी नृत्यको संरक्षण गर्न थालेपछि त्यहिका पुरुषहरु पनि वालन नृत्यलाई जोगाउन अभियान थालेका छन् । पथरीशनिश्चरे नगरपालिकाले आयोजना गरेका विभिन्न कार्यक्रममा संगीनी र वालनलाई समावेश गर्न थालिए पछि पुर्वेली सँस्कृतिको जर्गेनामा मद्दत पुगेको छ । नगरपालिकाले बनाएको नगर गीतको भिडीयोमा समेत जागरुप महिलाका सदस्यले संगीनी नृत्य प्रस्तुत गरेका छन ।
वालन नृत्यको प्रचारप्रसारमा लागेको सोही ठाउँका भुवनेश्वर पोखरेलका अनुसार पुर्वीय दर्शनका वालन र संगीनीको उत्थान र संरक्षणमा समाजका सदस्य लागिपरेका छन् । पाश्चत्य सँस्कृतीको मार खेपेको यी नृत्य विगतमा विवाह र अन्य शुभकार्यमा गाउने र नाच्ने गरिएको पोख्रेल बताउँछन् । पहिलेका महिलाको वेदना बहकाउने माध्यम बन्ने गरेको संगीनी नृत्यको बारेमा पछिल्लो पुस्तामा जानकारी गराउन समुहले पथरीशनिश्चरेका विभिन्न सरकारी र निजी विद्यालयका विद्यार्थी माझ पनि कार्यक्रम गर्ने गरेको छ ।
पथरीशनिश्चरे नगरमा संगीनी र वलन प्रतियोगीता गराएर विभिन्न प्रतिस्पर्धीलाई समुहले गत बर्ष पुरस्कृत गरेको थियो । संगीनीप्रति वृद्धाहरु मात्र होइन, नयाँ पुस्ताका छोरी वुहारीले पनि समुहमा आवद्ध भएर नाच्ने गरेको समुहकी सचिव यशोदा पोख्रेल बताउँछिन् । प्रत्येक बर्ष नगरस्तरीय वालन र संगीनी प्रतियोगीता आयोजना गर्ने गरेको समुहले चैत्र २४ गतेलाई वालन संगीनी प्रतियोगीता दिवसकैरुपमा मनाउने योजना बनाएको छ । प्रतियोगीतालाई जिल्लास्तरीय वनाउने लक्ष्य रहे पनि आर्थिक संकटको कारण नगरस्तरीयमात्र भएको समुहले जनाएको छ । गतवर्ष प्रतियोगीतामात्र आयोजना भएन, समाजले साँस्कृतिक विधिलार्ई आफ्नौ आगनमा ल्याएर वालन र संगिनीका विषयमा वहस समेत गराएको थियो । समाजमा लोप हुदै गएका यस्ता साँस्कृतिकपक्षको संरक्षणमा लागेका समुहको लागी सहयोग जुटाउन हामीले पनि सहयोग गर्ने कि ?
