पथरी : राती उज्यालोको अभावमा सवारी दुर्घटना वृद्धि भएको भन्दै ट्राफिक प्रहरी कार्यालय पथरी र कोशी ट्याक्टर व्यवसायी संघ पथरी शाखाको संयुक्त आयोजनामा पथरीमा भएका टयाक्टरहरुमा रिफ्लेक्टर स्टिकर टाँसिएको छ ।
सवारी र्दुघटना न्यूनिकरण गर्ने उद्देश्यले बिहिबार पथरी ट्राफिक कार्यालय अगाडि ट्याक्टर चालक, ट्राफिक प्रहरी र टयाक्टर सञ्चालकहरुले संयुक्तरुपमा स्टिकर टाँसेका हुन् । ट्राफिक प्रहरीले प्रदेश नं. १ भरीमा यो कार्यलाई अभियानकोरुपमा निरन्तरता दिने पथरी ट्राफिक प्रमुख एवं प्रहरी सहायक निरीक्षक निरबहादुर विकले बताए । दुर्घटना न्यूनिकरण गर्न पथरी शनिश्चरेमा प्रथम पटक ट्याक्टरहरुमा रिफ्लेक्टर स्टिकर टाँसिएको ट्राफिक प्रहरीले बताएको छ ।
दुर्घटना कम गर्न सवारी चालकहरुले अनिवार्य रुपमा जुत्ता लगाउनुपर्ने, ट्याकटरको पछि स्टिकर टाँस गरिएको हुनु पर्ने ट्राफिक प्रहरीले सवारी चालकलाई आग्रह गरेको छ । जुत्ता नलगाइ सवारी चलाउने सवारी चालकलाई प्रहरीले ५ सय देखी १ हजार ५ सयसम्म जरिवाना गर्र्ने प्रहरी साहयक निरीक्षक विकले बताए ।