इटहरी : सुनसरीको इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २१ औं स्थापना दिवसको अवसर पारेर पत्रकारिताका माध्यमवाट समाजमा उल्लेखिय योगदान पुर्याएको भन्दै एभिन्युजकर्मी दिपक कार्कीलाई सम्मान गरेको छ ।
स्थापनाका अवसर पारेर आयोजित एक कार्यक्रममा एभिन्युजकर्मी कार्कीलाई कार्यक्रमकी प्रमुख अतिथी नेपाल सरकारकी महिला बालवालिका तथा जेष्ठनागरिक मन्त्री थममाया थापाले सम्मान गरेकी हुन । सहकारीले विभिन्न चिकित्सा शास्त्र, नर्सिङ उत्तीण गर्ने शेयर सदस्यका छोराछोरी, स्नाकोत्तर गर्ने शेयर सदस्यका छोराछोरी, उत्कृष्ट कर्मचारी,उत्कृष्ट कारोवार गर्नेहरुलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेहरुलाई कार्यक्रमकी प्रमुख अतिथि मन्त्री थापाले सम्मान पत्र र नगद प्रदान गरेकी थिइन् । यो सहकारी पुर्व क्षेत्रकै महिलाहरु मात्र शेयर सदस्य रहेको नमुना वचत तथा ऋण सहकारी संस्थाकारुपमा रहेको महिला वचत तथा ऋण सहकारीमा ५ हजार ५सय भन्दा वढी शेयर सदस्य रहेको संस्था हो ।
महिला वचत तथा ऋण सहकारीकी अध्यक्ष अमृता सुब्बाको अध्यक्षतामा भएको कार्यक्रमका बक्ताहरुले महिला बचत तथा ऋण सहकारी पुर्वकै सफल सहकारी भएको चर्चा गरे । उनीहरुले एशियाली ऋण महासंघबाट एक्सेस ब्राण्ड प्राप्त गर्न सफल हुनु सामान्य कुरा नभएको भन्दै महिला वचत तथा ऋण सहकारीको तारिफ गरेका थिए । कार्यक्रममा राष्ट्यि सहकारी महासंघका सदस्य शिव डाँगी, उद्योग वाणिज्य सघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेश विष्ट, नेकपा नेता रेवती घिमिरेलगायत बोलेका थिए ।