पथरी :साथीको जन्मदिन मनाउन गएकी मोरङ्गको पथरीशनिश्चरे १० की १३ बर्षीय बालिका बलात्कारको सिकार बनेकी छिन् । एउटै कक्षामा पढ्ने साथीले जन्मदिन भएको बहानामा आफ्नो घरमा बोलाएर गएपछि उनको वलत्कार भएको खुलेको छ ।
आफ्नो जन्मदिन भएको र जन्मदिनको अवसरमा साथी भेला पारेको भन्दै पीडितकै एक केटी साथीले घर लगेकी थिइन । पीडित बालिकाको बयानको आधारमा प्रहरीले दुई आरोपितलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे वडा नं। ९ का राजकुमार माझी र वडा नम्बर १ का मनोज राई रहेका छन् । मादक पदार्थ सेवन गराइ आफुलाइ बलात्कार गरेको र भोलीपल्ट दिउँसो घर नजिकै ल्याएर छाडेको पीडिते बताएकी छिन् ।
साथीको घर गएकी उनी निक्कै रात भइसक्दा पनि नफर्के पछि छिमेकीको सहयोगमा खोजी गर्दा पनि रातभर बालिका फेला परिनन । बलात्कृत बालिकालाई आफ्नै साथीले अन्य दुई युवकसँग आएर लिएर गएको देखेको छिमेकीहरु बताउछन । उनीहरुसँग आफुलाई लिएर जंगलमा लगेर मादक पदार्थ सेवन गराएर जबरजस्ती बलत्कार गरेको पीडित बालिकाले बताएकी छिन् ।
आमाले अर्कैसँग दोस्रो विवाह गरेको र बावुले पनि दोस्रो विवाह गरेर अरुको घरमा हली बस्दै आएकाले पीडित बालिका मावलीमा बस्दै आएकी थिइन् । तर केही समयदेखि भने उनी छिमेकीको घरमा बस्दै स्थानीय स्कुलमा कक्षा ६ मा अध्ययन गर्दै आएकी थिइन । एउटा मोटरसाईकलमा आएका दुई युवाले पथरीशनिश्चरे २ को जङ्गलमा लागि बलात्कार गरेको पीडित बालिका बताउछिन ।
पीडित बालिका बलात्कृत भएपछि घरमा आएर घटनाबारे बताए पछि दोषीलाई घरमै गएर प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका राई र माझिलाई ईलाका प्रहरी कार्यलय पथरीमा राखिएको छ । पक्राउ परेका दुवैलाई जबरजस्ती करणी अन्तर्गत मुद्दा अगाडि बढाईने ईलाका प्रहरी कार्यलयका प्रहरी नायव निरीक्षक कमल बजगाँइले बताए । पीडित बालिका बलात्कारी पक्राउ परेपछी बेहोश भएको र उनको पथरी हस्पिटलमा प्राथमिक उपचार पछि स्वास्थ परीक्षणको लागि बिपी कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा लगिएको छ ।