धरान: वडा दशैंको आज सप्तमी अर्थात फुलपाती । धरानको वडा नं १४ विजयपुरस्थित प्रसिद्ध शक्तिपिठ दन्तकालीमा बिहानैदेखि भक्तजनहरुको घुँइचो लागेको छ । धरानमा त्यसैपछि नवरात्री मेला लाग्ने गर्छ । युवायुवतीहरु रातीदेखि नै विजयपुर डाँडातिर उक्लन्छन्, र साथीभाई, प्रेमीप्रेमिकाहरु रमाइलो गर्दै डुल्छन् ।
उज्यालो भएपछि भने भक्तजनहरु दन्तकालीमा पुजा अर्चना गर्न जान्छन् । आज दिउँसो १ बजेपछि फुलपाती भित्र्याउने तयारी पनि भइरहेको छ । घटस्थापनादेखि ९ दिनसम्म मन्दिरको ढोकाभित्र भक्तजनहरुलाई प्रवेश गर्न दिइदैन । यो पहिलादेखि नै चलिआएको परम्परा हो । भित्र पुजारी मात्र प्रवेश गर्न पाउछन् । वडा दशैं शुरु भएपछि हरेक दिन दुर्गाको नौ रुप तथा अलग अलग अवतारको बिशेष पुजाअर्चना गरिन्छ ।
