इटहरी । हरेक बर्ष झै वडा दशैंको सप्तमीमा आज सुनसरीको इटहरीमा सामुहिक दुर्गा पुजास्थलमा धुमधामका साथ फुलपाती वडाई गरिएको छ ।

इटहरीमा विगत दुई दशकदेखि सामुहिक दुर्गा पुजा गरिदै आएको छ । सामुहिक रुपमा पुजा गर्न वनाइएको पुजास्थलमा हरेक वर्ष विधिवत रुपमा वडादशैको सप्तमीका दिन फुलपाती वडाई गर्ने गरिन्छ । सामुहिकरुपमा वनाइएको दशैं घरमा सत्र्सग भवनवाट फुलपातीसहित हर्ष वढाईका साथ पुजारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सामाजिक संघ सस्थाका प्रतिनिधीहरु व्याण्डवाजा, पञ्चेवाजा र नाचगानसहितको टोली दुर्गा पुजास्थल पुगेर फुलपाती वडाई गरिदै आएको छ ।

aitariUntitled-1 copy

फुलपाती वडाइका अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सलामी चढाएको थियो । सार्वजनिक स्थलमा वनाइएको दुर्गा भगवती माँताको मुर्तिमा फुलपातीका अवसरमा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी लगायतले पुजा अर्चना गरेसँगै सर्वसाधारण भक्तजनहरुले पनि दुर्गा भगवती माँताको मन्दिरमा पूजा अर्चन गरि आफ्नो मनोकाङ्क्षा पुरा होस भन्ने कामना गरिरहेका छन् । विहानै देखि सार्वजनिक स्थलमा वनाइएको दुर्गा भगवती मन्दिरमा पुजा अर्चनाका लागि सर्वसाधारणको भिड लागेको थियो ।

सार्वजनिक स्थलमा बनाइएको दुर्गा पुजा स्थलमा फुलपाती वडाइ पछि पुन सत्सर्ग भवनमा पुगेर फुलपाती भित्र्याइयो । हरेक वर्ष झै यस वर्ष पनि सार्वजनिक दुर्गा पुजाका लागि विजय खत्रीको अध्यक्षतामा पुजा समिति वनाइएको छ । दुर्गा भवानीको प्रतिमा राखिएको दशैघरमा उखु, अदुवा, वेलपत्र, दारिम, अशोक पत्र, फुल लगायतका फुलपाती भित्रयाइने परम्परा रहेको छ । वडा दशैं घटस्थापनाका दिन देखि सुरु भएर कोजाग्रत पुर्णिमासम्म चल्ने भएपनि विशेष दिनका रुपमा सप्तमीलाई पनि लिने गरिन्छ ।

itariUntitled-1 copy