धरान:तीन बर्षअघि एक १२ बर्षीय बालिकालाई जर्बजस्ती करणी प्रयास गरी फरार धरान ४, ठिंगाबारीका एक युवा पक्राउ परेका छन् । प्रहरीले करणी उद्योगका फरार अभियुक्त ४० बर्षीय तिलक आचार्यलाई आज आइतबार घरबाट नै पक्राउ गरेको हो ।

घटना लगत्तैदेखि आचार्य फरार थिए । उनलाई २०७२ कार्तिक १० गते एक १२ बर्षीय बालिकालाई जर्बजस्ती करणीको प्रयासको अरोप लागेको थियो । घटनालगत्तै उनी फरार भएका थिए भने पीडित परिवारले प्रहरीले उजुरी दर्ता गराएका थिए । दशैमा घर आएको सुइको पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । ‘दशै मनाउन आएको भन्ने सुचना आएपछि करणी उद्योगका फरार अभियुक्तलाई घरबाटै पक्राउ गरेर ल्याएका छौ,’इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले भने ।