धरान : मेलाको विषय लिएर धरानमा झडप भएको छ ।

मेला लगाउन हुदैन भन्ने पक्षका युवाहरुले मेलाको गेट तोडफोड गर्न थालेपछि प्रहरी संग झडप भएको हो । चतरा लाईन तर्फको मेलाको गेट तोडफोड हुन थाले पछि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको थियो ।

मेला पक्षका युवाहरुले हतियार प्रहार गर्दा मेला विरोधी पक्षका समक्ष श्रेष्ठ  घाइते भएका छन् भने र मेला विरोधी पक्षका युवाहरुको ढुंगा प्रहारबाट मेला पक्षका कालुराज लिम्बुको टाउको फुटेको छ ।

उनिहरुको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।