इटहरी : चौध बर्षीय बालिका बलात्कार गरेको आरोपमा इटहरी प्रहरीले एक व्यक्तिलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार ती बालिकाको उमेर १४ बर्ष मात्र छ ।
तिहारको नाच सिकाउने बहानामा गाउँकै नविन बिकले बालिकामाथि बुधबार जर्बजस्ती गरेको डिएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । पीडित बालिका र बिक एउटै गाउँका हुन् । बिकले बालिकालाई खोला नजिक बोलाएर जर्बजस्ती गर्नथालेपछि बालिका चिच्याएकी थिइन् । त्यसपछि स्थानीय गाउँले जम्मा भएर बिकलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । ‘बालिका जर्बजस्ती गर्ने नविन बिकलाई पक्राउ गरि मुद्दा दर्ता पनि गरिसक्यो, अनुसन्धानको लागि म्याद थप भएको छ,’इटहरीका डिएसपी श्रेष्ठले भने ।