बिर्तामोड : कार्तिक ५ गते झापा दमककी बालिका अन्सु गिरी दिदीसँग घाँस काट्न गएकी थिइन् । त्यसबेला अकस्मात चिप्लिएर लड्दा उनको आँखामा हँसिया गाडियो ।
हत्तपत्त अन्सुलाई नजिकको अस्पताल त पुर्याइयो, तर त्यहाँका चिकित्सकहरुले बिएण्डसी अस्पतालमा रिफर गरिदिए । परिवारजनले बालिकालाई आँखामा हसियासँगै विर्तामोडस्थित अस्पताल पुर्याए । अस्पताल पुग्दासम्म के होला र कसो होला भन्ने चिन्ताले अत्तालिएका अभिभावकहरु अहिले हर्षित छन् । बिएण्डसी टिचिङ हस्पिटलमा अञ्सुको आँखामा गाडिएको हँसियाको शल्यक्रिया सफलतापुर्वक गरेर झिक्न सफल भएको छ । ‘छोरी लडेर हसिया आँखामा गाडिएछ, नजिकैको अस्पताल लैजादा बिएण्डसि छिटो लैजान भन्यो, हामीले आँखामा हसियासँगै पुर्यायौं,’आमा विमलाले भनिन् ।
दशैमा भएको घटनाले परिवार तथा आफन्तजन चिन्तित भएपनि छोरीको उपचार सफल भएकोमा ज्यादै खुशी लागेको आमा विमलाले बताइन् । ‘बिएण्डसी अस्पताल र डा. गिरीको मेरो छोरीको लागि जीवनदाता बन्नुभयो,’उनले धन्यवाद दिदै भनिन् । अस्पतालले उपचारमा पनि सहुलियत दिएको उनको भनाई छ । ‘भारत उपचार गर्न लगेको भए त खर्च कति हुन्थ्यो होला,’उनले थपिन् ।
आँखाबाट सल्यक्रिया गरी हँसिया निकालिएको बिषयमा हस्पिटलले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । बिएण्डसिका सञ्चालक दुर्गा प्रसाईले जटिल केस भएपनि डा.धिरज गिरीको टोलीले बालिकाको आँखाको अप्ररेसन सफलतापुर्वक गरेको हो । आँखाको देब्रे भागबाट ३ इन्च हसियाको टुप्पो पसेको र नाकको डाँडी समेतलाई असर गरेर अर्को आँखासम्म पुगेको उपचारमा संलग्न डा. गिरीले जानकारी दिए । ‘अप्रेशनमा ढिला भएको भए उनको आँखा नै गुम्ने थियो,’उपचारमा संलग्न डा. गिरीले भने ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        



![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)












 
         
        

















































 
         
         
        