धरान: कला समिक्षक एवं लेखक मुकेश मल्लले नेपालका युवा कलाकारहरुलाई इतिहासको अध्ययन गर्न र आफ्नो कला सृर्जनाप्रति बहस, मन्थन गर्न सुझाव दिएका छन् ।
धरानका अग्रज एवं युवा कलाकारहरुसँग धरान १ स्थित होटल सेक्षमा अन्र्तक्रिया गर्दै कला समिक्षक मल्लले कलाकारहरुले कलाको इतिहास अध्ययन नगर्दा र आफ्नो कला सृर्जनामाथि विचार, विमर्श र मन्थन नगर्दा नै नयाँपन आउन नसकेको पनि बताए । ‘कलाकार बन्नु जोक होइन, मजाक होइन,’अन्र्तक्रियामा अग्रज कलाकार मल्लले भने,‘इतिहास पढिएन भने, बुझिएन भने केही पनि हुदैन ।’
कलाकार मल्लले आर्ट गर्नुमात्र महत्वपुर्ण नभई त्यसमा भएको कन्सेप्ट महत्वपुर्ण भएको धारणा राखे । आफुले गरेको सृर्जनाबारे विचार, विमर्श नगर्दा सधै एकै खालको सृर्जना भइरहने उनको भनाई थियो । ‘हामी नेपाली कलाकारहरुको समस्या नै यही हो । आफ्नो कला, सृर्जनाबारे छलफल, बहस न गर्दैनौं, र १०, १५ बर्षसम्म एउटै आर्ट गरिरहेका हुन्छौं,’मल्लले भने ।
इतिहास पढेपछि मात्र एउटा कलाकारले आफुले खोजेको, चाहेको कुरामा प्रष्ट हुने मल्लको भनाई थियो । म के गर्दैछु भन्ने नबुझीकन सृर्जना गर्दा आफै अलमलमा परिने उनको भनाई छ । ‘आफ्नो आर्टबारे मेरो यो कन्सेप्ट हो, मेरो यो विचार हो भन्नुपर्छ, त्यसमा अर्कोले केही कुरा भन्छ, र मन्थन हुन्छ, नयाँ सृर्जना हुन्छ,’मल्लले भने ।
तस्बिरहरु: सनम तामाङ





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































