धरान : सुरक्षा प्रबन्धविना तीन तला धरान १२ चतरालाइनस्थित एक घरको छत निर्माणको क्रममा एक जना मजदुर खसेर गम्भीर घाइते भएका छन् ।
आज सोम्बार बिहान करिब ८ बजेतिर ट्रष्ट तयार भएपछि पानी कटाउने पाइप बनाउने क्रममा खसेर धरान ४, खैरेनीटारका १७ बर्षीय अजय राई गम्भीर घाइते भएका हुन् । उनको खास घर संखुवासभा हो । घाइते भएका अजय सस्तो मःम हाउ सञ्चालनमा रहेको उक्त घरमा दशैं अघिदेखि नै कार्यरत थिए । घाइतेलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
घटनास्थल नजिकै चिया पिइरहेका धरान १४ निवासी प्रेमप्रसाद पराजुलीका अनुसार एक्कासी ड्याम्म ठुलो आवाज आएको थियो । ‘के भएछ भनेर हेरेको त मान्छे खसेको रहेछ, तत्काल उपचारमा लगे,’उनले भने । घाइते अजयका काका प्रेमकुमार राईका अनुसार काम गर्दागर्दै एक्कासी खसेका थिए । ‘पाइप फिट गर्दै थियो, खसको मात्र थाह भयो,’उनले भने ।

2 23 3 19

1 17