इटहरी: दशै सकिएलगत्तै दिपावली, छैठलगायतका ठुला पर्व नजिकिदै गर्दा प्रदेश १ प्रहरी नयाँ सुरक्षा योजना तयारी थालेको छ ।
प्रदेश १ को १४ वटै जिल्लामा लागु हुने गरी प्रदेश् प्रहरी कार्यालयले सिमा क्षेत्रमा कडा निगरानी देखि नियमित चेकिङ र रात्री गस्ती बढाउने भएको हो । तिहारमा कुनै प्रकारको अपराधिक गतिविधि हुन नदिन १४ वटै जिल्लामा रहेका प्रहरी कार्यालयहरूका अधिकारीहरूलाई हाइ अलर्टमा रहन निर्देशन दिइसकेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । त्यस्तै प्रहरीसँगै आवद्ध गुप्तचर बिभागलाई पनि चनाखो भएर सुचना ल्याउन प्रदेश प्रहरी कार्यालय बिराटनगरले आग्रह गरेको छ ।
नेपालीहरुको दोस्रो ठुलो चाड तिहारलाई शान्त र सुरक्षित बनाउन १४ वटै जिल्लामा थप प्रहरी जनशक्ति परिचालनको तयारी भइरहेको प्रदेश १ का प्रहरी प्रमुख एवं डिआइजि केदार रिजालले बताए । यो बर्षको तिहारमा बिशेष गरी सुरक्षाको दृष्टीकोणले प्रदेश १ को तिन जिल्लालाई बिशेष प्राथमिकतामा राखेर सुरक्षास्थिति पनि कडा पार्ने डिआइजी रिजालले बताए । प्रदेश १ को सुनसरी, मोरङ र झापा यो बर्ष सुरक्षाको हिसाबले अति नै संवेदनशिल मानिदै आएको छ । बिशेष गरी तिनै जिल्लामा रहेका खुल्ला सिमानाका कारण शान्ति सुरक्षामा चुनौति थपिदै आएको छ । खुल्ला सीमाको कारण चाडपर्वमा भित्रिने अवैध पटाका नियन्त्रणदेखि साना हतियार किनबेचसम्मको कारोबार नियन्त्रण गर्न प्रहरी जनशक्ति थपेर निगरानी बढाउने काम भइरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।