इनरुवा: सुनसरी सदरमुकाम इनरुवामा पहुँच परियोजना समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले सुनसरीको १० वटा नगरगाउँपालिका र गाउँपालिकामा साझा सवालका लागि साझा मञ्च कोकनले र सेलर सुनसरीले विभिन्न चेतनामूलक र नाट्यशाला कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा समुदाय र प्रहरीबीचको भूमिकाका माध्यमबाट महिला हिंसा न्यूनीकरणका सवालमा जवाफदेहितासहितको सामूहिक प्रतिवद्धता जुटाउने प्रयास गरिने कोकनका कार्यक्रम संयोजक हेमन्तराज पौडेलले बताए । विपन्न र सीमान्तकृत समुदायको न्याय र सुरक्षामा पहुँच अभिवृद्धिका लागि सुनसरी जिल्लाको १० वटा नगरपालिका र गाउँपालिका कार्यक्रम संचालन गरेको थियो ।
साझा सवालका लागी साझा मञ्च (कोकन) की अध्यक्ष मन्दिरा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न नगर र गाउँपालिका प्रमुख, न्यायिक समिति संयोजक, सुनसरीका प्रजिअ प्रेमप्रसाद उप्रेती, जिल्ला प्रहरी कार्यालय, स्थानीय मेलमिलाप केन्द्रका पदाधिकारीहरुलगायतको सहभागिता रहेको थियो ।