सुनसरी : बराहक्षेत्र नगरपालिका वार्ड नं. ५ कालाबाञ्जर चौकमा बिहिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  स्थानीय चन्द्र प्रतिभा साँस्कृतिक क्लबको आयोजनामा बराहक्षेत्र नगरपालिकाको संयुक्त ३, ४ र ५ को वडा कार्यालयमा रक्तदान कार्यक्रम भएको हो । रक्तदान जीवनदान भन्ने नारासहित आयोजित कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको क्लबका सचिव एवं कार्यक्रम संयोजक बाबुराम बस्नेतले जानकारी दिए ।

3 1
बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालको प्रमुख आतिथ्यतामा आयोजिक कार्यक्रम रगत अभावबाट भइरहेको समस्यालाई समाधान गर्ने उद्देश्यले आयोजना गरिएको क्लबका अध्यक्ष वेचन धामीले जानकारी दिए । रक्तदानमा जिल्ला रेडक्रस सोसाइटी एवम् ब्लड बैंक धरान शाखाको प्राविधिक सहयोग रहेको अध्यक्ष धामीले बताए ।  कार्यक्रममा केस ब्राण्डको पूर्वाञ्चलको आधिकारिक विक्रेता सेभ कन्स्ट्रक्सन प्रालि, इटहरी जुनियर जेसीज, डाँफे एजुकेशन फाउण्डेशन इटहरी, एप्रिला र भेस्पा ब्राण्डको स्कुटरको धरान र इटहरीको आधिकारिक बिक्रेता कुमार एण्ड सन्स टेड्स एण्ड लिङ्कको सहयोग रहेको आयोजक क्लबले जनाएको छ ।

2 1 1 1