पथरी : मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयबाट विनियोजित बजेटबाट तोकिएको कार्यक्रम अघि बढाउन फागुन मसान्तसम्म सम्झौता गरिसक्न नगर कार्यपालिकाले उपभोक्ताहरुलाई अनुरोध गरेको छ ।
नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा बसेको कार्यपालिकाको आजको बैठकले आर्थिक वर्ष ०७५÷७६ का योजनाहरु कार्यान्वयन गर्न उपभोक्ता समिति गठन गरी फागुन मसान्तसम्म सम्झौता गरिसक्नु पर्ने निर्णय गरेको प्रवक्ता यामप्रसाद गुरागाईले जनाउनु भयो । वैठकले, कृषि सम्वन्धी बजेटका बाँकी रहेका कार्यक्रमहरु समेत तय गरेको उहाँले उल्लेख गर्नुभयो ।