विराटनगर : मोरङको विराटनगर महानगरपालिका-३ स्थित मुनाल पथमा सोमवार बसको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ ।
बिहान १० बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ५ ख ४५१३ नम्बरको बसले सोही दिशा तर्फ जादै गरेको को १० प ६२५९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाईकलमा सवार बिराटनगर ५ बस्ने ३८ बर्षीय मनोज कुमार मोदीको उपचारको क्रममा बिराट नर्सिङ होममा मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाईएको छ भने बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।