धरान : नेपालीहरुले धुमधामका साथ मनाउने चाड हो तिहार । बिशेष गरी हिन्दु नेपालीहरुले मनाउने चाड भनिएपनि अन्य समुदायले पनि मनाउदै आएका छन् ।
तिहारको आज तेस्रो दिन लक्ष्मी पुर्जा हो । आज प्रत्येक घरमा बिहान गाईको पुजा हुन्छ भने साँझ लक्ष्मीको पुजा गरिन्छ, र दिपावली पनि गरिन्छ । विगतमा लक्ष्मी पुजा गरिसकेर मात्र दियो बाल्ने अर्थात घरलाई झिलिमिलि बनाइन्थ्यो । अचेल भने यमपञ्चक शुरु भएकै दिन काग तिहारको साँझबाट नै झिलिमिली बत्ति बाल्न थालिएको छ । दियोको ठाउँ विद्युतीय दियो अर्थात कृत्तिम बत्तिहरुले लिएको छ ।

यो तस्बिरहरु धरानको भानुचोकस्थित घण्टाघर आपपासको हो । साँझ नपर्दै धरान झिलिमिली हुन शुरु हुन्छ । आज साँझ लक्ष्मी पुजा पछि महिलाहरु भैली खेल्न निस्कन्छन् । भोली गोवद्र्धन पुजा अर्थात गोरु तिहार हो । उक्त दिन भने पुरुषहरु देउँसी खेल्न निस्कन्छन् ।