धरान: तिहारको तेस्रो दिनको साँझ घर घरमा लक्ष्मी पुजा गरिएको छ । बिशेष गरी हिन्दु नेपालीहरुले बिहान गाईको पुजा गर्छन् भने साँझमा धनधान्यकी देवी लक्ष्मीको बिशेष पुजाअर्चना गर्ने चलन छ ।
घरलाई फुल मालाले सिंगारेर चिटिक्क पारिन्छ भने परम्परागतरुपमा दियो बालेर घरलाई उज्यालो पारिन्छ । अचेल भने झिलिमिली बत्ति बालेर घर आगन उज्यालो पारिन्छ । लक्ष्मी पुजा गरिसकेर आजको रात महिलाहरु भैली खेल्न जान्छन् । लक्ष्मी पुजा गरिसकेको घरको आगनमा महिलाहरुको समुह भैली आयौ आगन..बोलको गीत गाउदै गरेका भेटिन्छन् । यस्तै, आजैको दिनदेखि विभिन्न सांगीतिक समुह, क्लबहरु पनि देउसी नाच लिएर जाने गरेका छन् ।
