धरान: धरान १६ स्थित स्वामी चोकबाट कौडा खेल्दै गरेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नगद १ लाख १० हजार ९ सय ३५ रुपैयासहित जुवाडेहरुलाई बिहिबार साँझ ६ बजेतिर पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको हो ।
डिएसपी सुमन तिम्सिनाका अनुसार पक्राउ पर्नेहरुमा मनिष बास्तोला, चेवन भटराई, सुरेन्द्र लिम्बू, मातृका रेग्मी, अर्जुन प्रसाद भटराई, गुणराज राई र मणिराज राई पक्राउ परेका छन् । पक्राउ परेकाहरुबाट १६ थान कौडा पनि वरामद गरिएको डिएसपी तिम्सिनाले जानकारी दिए । उनीहरुलाई जुवा ऐनअन्र्तगत कारबाही हुने पनि उनले खुलाए ।