धरान: आइतबार धरानमा २ जना बालिकामाथि जर्बजस्ती करणी भएको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार आइतबार बिहान करिब साढे ७ बजे धरान १३ की ९ बर्षीय बालिका र राती करिब साढे १० बजे धरान १७ मा १२ बर्षीय बालिकालाई जर्बजस्ती करणी भएको हो । घटनामा संलग्न दुवै आरोपितलाई पक्राउ गरी जर्बजस्ती करणी मुद्दामा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । डिएसपी सुमन तिम्सिनाका अनुसार बिहानै ९ बर्षीय बालिकालाई धरान १३ का करिब ३० बर्षीय विष्णु तामाङले जर्बजस्ती करणी गरेका थिए । स्थानीय छरछिमेकले देखेपछि होहल्ला गरेको र प्रहरीलाइ पनि खबर गरेपछि तत्काल घटनास्थल पुगेर पक्राउ गरिएको डिएसपी तिम्सिनाले बताए । ती बालिकालाई जर्बजस्ती करणी गर्ने तामाङको बोली छैन ।

यस्तै, आइतबार राती करिब साढे १० बजे धरान १७ स्थित १२ बर्षे बालिका जर्बजस्ती गरेको आरोपमा २७ बर्षीय सुवास राई समातिएका छन् । बालिकालाई ललाई फकाई जर्बजस्ती तानेर घर भित्र लगेको र करणी गरेको खबर आएपछि तत्काल घटनास्थल पुगेर पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘दुवै घटनामा म्याद थप गरी जर्बजस्ती करणी मुद्दामा अनुसन्धानमा राखिएको छ,’डिएसपी तिम्सिनाले भने ।