धरान : साइकल प्रेमी युवा कृष्ण केसीले बिहिबार आफ्नो ३७ औं जन्मदिन सडक बालकहरुसँग मनाएका छन् । धरान १६ स्थित मायावी बिबिक्युमा धरानका सडक बालकहरुसँग केक काटेर खुशी बाँड्नुका साथै उनले खाना पनि खुवाएका थिए ।केसी साइक्लिष्ट हुन् भने धरान १० स्थित टक्स माउण्टेन बाइक शोरुमका सञ्चालक पनि हुन् । विश्व साइकलयात्री पुष्कर साहबाट प्रेरित उनी पनि साइकलबाटै नेपालको पुर्वपश्चिमका विभिन्न जिल्ला घुमिसकेका छन् । हरेक बर्ष आफ्नो जन्मदिनलाई फरक तरिकाले मनाउने केसीले यसपाली मात्र केक काटेका हुन् । ‘जीवनमा पहिलो पटक केक काटेको हुँ, तर सँगै घरपरिवार छोडेर सडकमा आएका भाईहरुलाई खाना खुवाउने इच्छा भयो, त्यसैले यहाँ बोलाएर बर्थ डे मनाए,’केसीले भने ।

केसीले आफ्नो जन्म दिनमा नै बिहिबार पत्रकारहरुको देउसी टोलीलाई एक हजार एक सय पाँच रुपैया पनि हस्तान्तरण गरे । पत्रकारहरुको एक टोलीले धरान १७ की एक दलित एकल महिलाको घर निर्माणको लागि यसपाली देउसी खेलेका थिए । केसीले सोही देउसी टोलीलाई थोरै भएपनि सहयोग गरेको बताए । ‘मैले धेरै त सहयोग गर्न सकिन, देउसीको दक्षिणा स्वरुपम नै थोरै भएपनि राम्रो काममा सहयोग दिएको हुँ,’केसीले भने । उनले पत्रकार विकास चाम्लिङ, धिरेन लिम्बू र भरतराज शर्मा९गोपाल०लाई नगद प्रदान गरेका थिए ।