इटहरी: विभिन्न कारणले जोखिममा परेका बालिका तथा किशोरीहरुलाई शिक्षा, सीपसँगै रोजगारी र संरक्षण दिनु पर्ने भन्दै इटहरीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन ।
श्रमिक महिला साझा मञ्च नेपालले जोखिममा परेका बालिका संरक्षण परियोजनाका विषयक सरोकारवालहरुसँगको छलफलमा जोखिममा परेका वालिका तथा किशोरीहरुलाई शिक्षा सिप, रोजगारी र संरक्षणको खाँचो हुने सहभागीहरुले वताए । विभिन्न कारणले जोखिममा परेका बालिका तथा किशोरीहरुलाई उद्दारदेखि परिवारमा पुर्नमिलन गरी पुर्नस्थापना गर्ने गरी काम गर्नु पर्नेमा समेत सहभागीहरुले जोडदिए ।
कार्यक्रममा मञ्चकी अध्यक्ष सिमा चौधरी, उप्का नेपालकी कार्यकारी निर्देशक शकुन्तला सुब्वा, इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी शिवकुमार श्रेष्ठ, महिला तथा बालवालिका सामुदायिक शाखा इटहरीकी प्रमुख शुशिला कार्की, मञ्चकी कार्यकारी निर्देशक लिला भुजेल, होटल व्यवसायी उमानाथ दाहाललगायत सहभगाी हुनुका साथै आफ्नो धारणा राखेका थिए ।


































































