इटहरी: दिनदुखी बालवालिकाहरुलाई आश्रय प्रदान गर्ने उद्देश्यले सुनसरीको इटहरी ८ मा आश्रमको शिलान्यास गरिएको छ ।
पाथीभरा आमा भक्ति सेवा संस्था नेपालले दिनदुखी बालबालिकाहरुको संरक्षण गर्ने उद्देश्यले उक्त आश्रम निर्माण गर्न लागेको हो । आश्रमको जग्गादाता नारायण चौधरी र उर्मिला चौधरीले संयुक्त रुपमा शिलान्यास गरेका हुन । आश्रमको लागिा चौधरीद्धयलदे इटहरी ८ गैसारमा १० धुर जग्गा उपलव्ध गराएको पुराण व्यवस्थापन समितिकी अध्यक्ष दिपा राईले जानकारी दिइन ।
दासी मोनिका कटुवाल संरक्षक रहने गरी स्थापना गरिएको पाथिभरा आमा भक्ति संस्था नेपालले गरिब, असहाय, वृद्ध, अनाथ एवं आर्थिक अवस्था कमजोर भएकाले लागि शिक्षा ,स्वास्थ्यसँगै सेवा पुर्याउने उद्देश्य रहेको संस्थाले जनाएको छ । झापाको गौरादहमा टिका खनालले एक कठ्ठा र मोरगंको केरावारीमा चन्द्रवहादुर कटुवालले एक कठ्ठा जग्गा उपलव्ध गराउने प्रतिवद्धता भएको पनि आयोजकले जनाएको छ ।


































































