धरान: चित्रकलाको विकास एवं कलाकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले धरानमा ३ दिने चित्रकला प्रर्दशनी आयोजना गरिने भएको छ ।
धरान उपमहानगरपालिका अन्र्तगतको धरान प्रज्ञा प्रतिष्ठानले मंसिर ३, ४ र ५ गते धरानमा चित्रकला प्रर्दशनी गर्ने जानकारी द्यिएको हो । शनिबार पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानले चित्रकला धरान १८ स्थित विमल स्मृति पुस्तकालयको हलमा हुने जनाएको छ । कलाकारहरुको कला सृर्जनालाई सार्वजनिक गराउने र थप प्रेरणा दिलाउनको लागि कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका संयोजक अम्बिका सम्बाहाम्फेले जानकारी दिए । प्रतिष्ठानले युवा कला केन्द्र पुर्वाञ्चलसँग सहकार्य गरेर प्रर्दशनीको तयारी गरेको उनले बताए ।
प्रतिष्ठानले नै असोज ६ गते धरानमा एक दिने चित्रकला कार्यशाला आयोजना गरेको थियो । सोही कार्यशालामा तयार गरिएको चित्रहरुलाई पनि समेटेर प्रर्दशनी आयोजना गरिने युवा कला केन्द्र पुर्वाञ्चलका अध्यक्ष एवं कलाकार स्वयमप्रकाश श्रेष्ठले जानकारी दिए । ‘कार्यशाला हुदा २४ जना कलाकारहरुले चित्र बनाएका थिए, कसैले एउटा मात्र बनाए, कसैले २ वटा पनि बनाएका थिए,’उनले भने,‘कार्यशालामा बनेको र अन्य बेला पनि बनाएको चित्रकला प्रर्दशनीमा राख्छौं ।’
प्रर्दशनीमा धरान, इटहरी, धनकुटा, पथरीलगायतका स्थानबाट पनि चित्रहरु आउने आयोजकले जनाएको छ । प्रर्दशनीमा ५० वटा भन्दा बढी चित्रहरु रहनेछन् । घरमा चित्र बनाइरहेका कलाकारहरुको कला, सृर्जनालाई सार्वजनिक गर्ने र उनीहरुको कला प्रर्वद्धन हुने भएकोले नयाँ, युवा कलाकारहरुलाई थप प्रेरणा मिल्ने कलाकार श्रेष्ठ बताउँछन् ।
 
         
                     
        _1749430366.gif) 
         
         
        



![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)












 
         
        

















































 
         
         
        