इटहरी:नेपालका प्रथम जगतगुरु बाल सन्तले भारतको बनारसमा रहेको सम्पुर्णानन्द संस्कृत विश्वविद्यालयबाट आचार्यमा सर्वोकृष्ट नम्वर ल्याएर उत्र्तिण गर्ने नेपाली विद्यार्थी लेखनाथ पौड्याललाई सम्मान गरेका छन् ।
जगतगुरु बाल सन्त संरक्षक रहेको श्री राधाकृष्ण संस्कृत वेद विद्याश्रम गुरुकुल विद्यालयका पुर्वविद्यार्थी पौड्याललाई विद्याश्रमको तर्फबाट जगतगुरु र प्रदेश नम्वर १ का सामाजिक विकास मन्त्री जिवन घिमीरेले सम्मान गरेका हुन । पौड्यालले दर्शनशास्त्रमा आचार्य तहमा सन् २०१८ मा विश्वविद्यालय प्रथम गरी गरेका थिए । उनलाई आचार्यको परिक्षामा सर्वप्रथम नतिजा ल्याएपछि डा. गंगानाथ झा, रिपन, चन्द्रशेखर शास्त्री बैकुण्ठ, श्री विमलकुमार पोदार स्वर्ण पदक लगाएत सात स्वर्ण पदकले सम्मान गरिएको थियो ।

पौड्यालले कक्षा ४ देखि ८ सम्म श्री राधाकृष्ण संस्कृत वेद विद्याश्रम गुरुकुल विद्यालयमा अध्ययन गरेका थिए । पौड्याललाई विभिन्न संघसंस्थाहरुले समेत सम्मान गरेका थिए । सोही कार्यक्रममा श्री राधाकृष्ण संस्कृत वेद विद्याश्रम गुरुकुल विद्यालयका अन्य पुर्व विद्यार्थीहरु सुनिल भट्टराई विहारी शरण, दिनेश कैशिक मुकुन्द शरण, राधिका शरण तेजु निरौलालाईसमेत सम्मान गरियो । विद्याश्रमका अध्यक्ष मनोज पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल साथै संस्कृत शिक्षासँग सम्वन्धित विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।