धनकुटा: प्रहरी चौकी मुढेवास धनकुटाको हाताभित्र निर्माण भएको नवनिर्मित कार्यालय, ब्यारेक भवनको उद्घाटन गरिएको छ ।
आइतबार १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक केदार रिजालले एक कार्यक्रमबीच भवनको उदघाटन गरेका हुन् । रिजालले कार्यालय परिसरमा रिवन काटेर बिधिवत रुपमा भवनको उद्घाटन गरेका थिए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको १ करोड ४२ लाख ६९ हजार ४ सय ७० लागतमा सुविधा सम्पन्न भवन बनेको हो । उक्त भवनमा सुबिधा सम्पन्न कार्यालय, ब्यारेक भवन र मेष रहेको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गदै प्रदेश प्रहरी प्रमुख रिजालले सुबिधा सम्पन्न भवन निर्माण भएसंगै प्रहरी कर्मचारीको मनोवल वृद्धि भई उच्च मनोवलका साथ काम कारवाही हुनेमा आफु बिश्वस्त रहेको धारणा राखे । उनले कानूनको परिधी भित्र रही स्थानीय जनचाहना बमोजिमको सुरक्षा प्रदान गर्न पनि निर्देशन दिएका थिए ।