विराटनगर: मोरङको बिराटनगर महानगरपालिका १५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले सोमबार लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।
दिउँसो पौने १ बजेको समयमा बिराटनगर ६ का २४ को समर साहलाई लागूऔषध एभिल ३२, लुपिजेसिक ३२ र डाईजेल्याब ३२ एम्पुलसहित पक्राउ गरेको छ । यस्तै, दिउँसो पौने ३ बजेको समयमा सुनसरी ईटहरी ४ का बर्ष ३२ को सुवास घिमिरेलाई एभिल १०, लुपिजेसिक १०, डाईजेल्याब १० र फेनारगन १० एम्पुलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई भारतको जोगवनीबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ । प्रहरीले चेकजाँच गर्ने क्रममा पाउडरको बट्टा र पाईन्टको गोजीमा लुकाएर राखेको अवस्थामा लागूऔषध फेला पारेको हो । बरामद लागूऔषधसहित दुबै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।