विर्तामोड: विर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था विर्तामोडको १७ औं बार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षता तथा राष्ट्रिय साना शहरी खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष टोरुप प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष जलकुमार गुरुङले संस्थाको वार्षिक तथा कोषाध्यक्ष राधा सुब्बाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकय थिए । कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्यहरु पुन्यप्रसाद ओली र चन्द्रमाया विकलाई सम्मान गरिएको कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा जगतबहादुर विश्वकर्मा र रिमा आचार्यलाई पुरस्कृत गरिएको थियो ।

प्रमुख अतिथि प्रसाई, विशेष अतिथि विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, वडाध्यक्षका तर्फबाट विर्तामोड नगरपालिका वडा नं.–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, सुरुङ्गा खानेपानीका अध्यक्ष प्रेमप्रसाद दाहाल, राजनीतिक दलका प्रतिनिधिका तर्फबाट नेकपाका अरुण श्रेष्ठ, सञ्चारकर्मीका तर्फबाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पर्शुराम सिटौलाले स्वागत गरेको कार्यक्रममा प्रतिक ढकालले राष्ट्रिय भावनाले ओतप्रोत भएको गीत प्रस्तुत गरेका थिए । २०५२ सालमा स्थापित विर्तामोड साना सहरी खानेपानीले हाल ४ वटा ओभरहेड टेंकी र १० वटा डिप बोरिङ ता ५ वटा फिल्टर प्लान्टमार्फत ६ हजार बढी उपभोक्तालाई पानी वितरण गर्दै आएको छ ।