पथरी:मलेसियाको रावाङमा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ ।

कोकोल्याण्ड कम्पनीमा कार्यरत सर्लाही डङगडा ६ का देवेन्द्र महत्तोको आइतबार दिउँसो सुतेकै अवस्थामा मृत्यु भएको उनका साथी राज यादवले जानकारी दिएका छन् । महत्तोको मृत्युको कारण खुल्न सकेको छैन । उनी सुतेकै अवस्थामा मृत फेला परेका थिए ।

घर फर्किने केहि समय मात्र रहेको अवस्थामा मृत्यु भएको उनका साथी राजको भनाई छ । मृतकको शव मलेसियाको रावाङ अस्पतालमा राखिएको छ । मलेसियामा नेपाली श्रमिकहरुको सुतेकै अवस्थामा मृत्यु हुने गरेको छ । चिकित्सकहरू यसको मुख्य कारण ह्यदयघात भएको मान्छन् ।