पथरी : मोरङको पथरीशनिश्चरे नगरपालिकाले सोमबार नगरमा कार्यरत सरसफाई कर्मचारीहरूलाई पोशाकसहित सरसफाईमा आवश्यक सामग्री प्रदान गरेको छ । नगर उपप्रमुख यमुना विष्ट, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले ९ जना सरसफाई कर्मचारीलाई पोशाकलगायत सामग्री प्रदान गरेका हुन् । कर्मचारीहरुको कामको सहजता बढाउँदै प्रोत्साहित गर्न नगरपालिकाले सामग्री प्रदान गरेको उपप्रमुख वास्तोलाले जानकारी दिए ।
पथरीशनिश्चरेले वजार भन्दा वाहिर पनि ट्याक्टरको मद्दतले फोहर संकलन गदैं आएको छ । पथरीशनिश्चरे नगर र छिमेकी नगर तथा गाँउ पालिकाले पथरी क्षेत्रमा डम्पिङ साइट संन्चालनका लागी पहल समेत थालेका छन ।